काठमाडौं । मौद्रिक नीतिले शेयर बजारमा उछाल आएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउनको लागि भन्दै शेयर धितो संगै अन्य क्षेत्रतर्फको कर्जालmाई खुकुलो बनाउँदा यसको सकारात्मक प्रभाव साताको पहिलो कारोबार दिन आज आईतबारको शेयर बजारमा देखिएको हो।
कारोबार खुलेको पहिलो एक मिनेटमा नैं एक सय एक सय दुई दशमलव ६८ अंकले बढेर पहिलो सर्किट लागेको नेप्से त्यसपछि खुलेको कारोबारमा पनि उच्च अंंकले बढेपनि दोस्रो सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको थियो । त्यसपछि पनि लगातर बढेको नेप्से अन्तिम समयसम्म आईपुग्दा एक सय १३ दशमलव ४२ अंकले बढेर २६ सय ८१ दशमलव ५६ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २६ दशमलव ७८ अंकले बढेर चार सय ८६ दशमलव ८४ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख ६३ हजार आठ सय १० पटकको कारोबारमा चार करोड तीन लाख १४ हजार पाँच सय १७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार दुई सय ३५ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा लघुवित्त समुहको सुचक १० दशमलव शुन्य छ अंकले घटेर पाँच हजार पाँच सय ६१ दशमलव शुन्य सात अंकमा खुम्चिए पनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक सय ४१ दशमलव ७६ अंकले बढेर १५ सय ७४ दशमलव ३४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि दुई सय ४५ दशमलव ९२ अंकले बढेर पाँच हजार दुई सय ९१ दशमलव ७१ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ३८ दशमलव ३८ अंकले बढेर तीन हजार चार दशमलव ५१ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुुचक पनि २६ दशमलव ३२ अंकले बढेर तीन हजार एक सय ७४ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुुचक पनि पाँच सय १९ दशमलव २७ अंकले बढेर १२ हजार सात सय ४८ दशमलव ८१ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि तीन सय ४५ दशमलव ४६ अंकले बढेर १३ हजार दुई सय १६ दशमलव ६३ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको पहिलो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गणपती लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा कुमारी बैंक परेको छ।