राष्ट्रियसभाबाट तीन वटा विधेयक पारित भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो।...
झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ। आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ।
मनोहरा नदीको तटीय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन्। वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मङ्गलबार गरेको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र स्थानीय गरी ८४ प्रजातिका चरा भेटिएका हुन्। मिड विन्टर वाटरवर्ड काउन्ट २०२३ अन्तर्गत गरिएको चरा गणनामा विगत...
“हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, “पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै। खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ।
कर्णाली प्रदेश सभाको उपसभामुखका लागि बुधबार निर्वाचन हुने भएको छ। सभामुख नन्दा गुरुङले बुधबार दिउँसो १ बजेका लागि निर्वाचन कार्यतालिका तोकेकी हुन्।
सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ।