भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण

काठमाडौँ - भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले बढेको हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ।

भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख ३९४ जना बिरामी ठिक भइसकेका छन्। दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत पुगेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×