काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन दुई दशमलव १५ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ७५ दशमलव ३३ अंकले बढेर २५ सय ६३ दशमलव ४३ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ४० अंकले बढेर चार सय ५९ दशमलव १९ अंकमा पुगेको छ।
नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको एक लाख ७१ हजार तीन सय ८७ पटकको कारोबारमा तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौं सय ९५ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दशमलव ४१ अंकले बढेर १४सय ३० दशमलव ८६ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ४६ दशमलव ४७ अंकले बढेर पाँच हजार ९१ दशमलव ७६ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ७१ दशमलव ५३ अंकले बढेर २८ सय ९६ दशमलव ३६ अंकमा पुगेकोमा जलविधुत समुहको सुचक पनि एक सय २२ दशमलव ५२ अंकले बढेर तीन हजार दुई सय एक दशमलव ६२ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि पाँच सय १८ दशमलव ९९ अंकले बढेर १२ हजार एक सय ७० दशमलव ३४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि पाँच सय २५ दशमलव सात अंकले बढेर १२ हजार पाँच सय २० दशमलव शुन्य एक अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गणपती लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ।