बिना अनुमती मनोरञ्जनात्मक कार्यक्रम गरेको आरोपमा तीन जना पक्राउ

कैलाली - कैलालीमा अनुमति बिना दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरेको र प्रहरी कुटिएको भन्दै टीकापुर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरले अनुमति विना कार्यक्रम गरेको र दुई सुरक्षाकर्मीलाई कुटिएको भन्दै जानकी गाउँपालिका वडा नम्बर ३ नयाँ लायकपुर शिविरका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २९ वर्षीय लक्ष्मण चौधरी, २० वर्षीय आशाराम चौधरी र २९ वर्षीय राम चौधरी रहेका छन्। उनीहरुलाई बिहीबार राति घर–घरबाट पक्राउ गरिएको हो। स्थानीयले भने प्रहरीलाई कता कसले कुट्यो थाहा नभएको तर दसैंको कार्यक्रम अनुमति नलिई अबेर रातिसम्म गरेर प्रहरी कुटेको निराधार आरोप लगाउँदै पक्राउ गरेको बताएका छन्।

स्थानीयले दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको बताएका छन्। त्यहाँ कुनै झगडा पनि नभएको तर सञ्चालक लक्ष्मण सहितका कार्यक्रमका आयोजकलाई पक्राउ गरिएको स्थानीयको भनाइ छ।

स्थानीय मक्कु चौधरीले दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरिएको तर असम्बन्धित र निर्दोष व्यक्तिलाई दुःख दिने नियतका साथ प्रहरीले पक्राउ गरेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×