दोलखा - दोलखाको पर्यटकीय क्षेत्र शैलुङमा हुने शैलुङ साहित्यिक महोत्सवको तयारी पूरा भएको छ।
पर्यटकीयस्थल शैलुङडाँडामा मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजना र शैलुङ गाउँपालिकाको सहआयोजनामा हुने सो साहित्यिक सांस्कृतिक महोत्सव २०७८ को तयारी पुरा भएको शैलुङ गाउँपालिकाका प्रमुख भरतबहादुर दुलालले बताए।
महोत्सवमा देशभरका साहित्यकारको सहभागिता रहने छ। लेख रचना प्रकाशनमार्फत शैलुङडाँडालाई परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पालिका अध्यक्ष दुलालले बताए।