डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको एमालेको भनाइ

काठमाडौँ – नेकपा एमालेले डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको जनाएको छ। एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेङ्गी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन्।

काठमाण्डौमा डेङ्गी फैलिएकाले मानिसमा त्रास सिर्जना भएको र यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो, त्यसमा सरकारी संयन्त्र असफल भएको विज्ञप्तिमा भनिएको छ।

एमालेले डेङ्गीबाट २१ जनाको ज्यान गएको र ७५ जिल्लामा यसका लक्ष्यण देखा परेका बिरामी फेला परेको उल्लेख गरेको छ। डेङ्गीको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षणसमेत गरिएको छ। ‘स्वास्थ्य संस्थामा बिरामीका लागि बेड छैन, हजारौँको सङ्ख्यामा बिरामीहरू स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्’, विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तै बजारमा सिटामोलको समेत अभाव भएको भनिएकाे छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×