मेला महोत्सव बन्द गर्ने आदेश दिने प्र.जि.अ. आफैँ पुगे चितवन महोत्सवमा

चितवन । कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण जिल्लामा सञ्चालित मेला महोत्सवहरु बन्द गर्न आदेश दिएका चितवनका प्र.जि.अ. अस्मान तामाङ आफैँ चितवन महोत्सवमा पुगेका छन् ।

जिल्लामा सञ्चालन भएका र सञ्चालनको तयारीमा रहेका मेला महोत्सव बन्द गर्न २६ पौषको सर्वदलिय बैठकले निर्णय गरेको थियो । रत्ननगर महोत्सव, खिचरा महोत्सव र देवघाटमा लाग्ने माघे संक्रान्तिको मेला नगर्न विज्ञप्तिमार्फत आदेश दिएका प्र.जि.अ. अस्मान तामाङ आफै चितवन महोत्सव हेर्न पुगे । उनीसँगै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी पनि चितवन महोत्सवमा पुगेका थिए । सरकारले कोरोना जोखिम नियन्त्रण गर्न २५ जनाभन्दा बढी भेला हुन रोक लगाउँदा लगाउँदै पनि उनीहरु महोत्सवमा पुगेका छन् । 

आफैले महोत्सव बन्द गर्न आदेश दिएर आफैँ महोत्सव घुम्न पुग्नाले प्र.जि.अ. तामाङको आलोचना भएको छ । स्थानीयहरुले विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखिएको भन्दै प्रशासनमाथि आरोप लगाउनाका साथै सीडीओ, एसपी र जनप्रतिनिधि नै संक्रमण फैलाउन सक्रिय देखिएको आरोप लगाएका छन् । 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×