काठमाडाैँ – बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी चिरायु अस्पताल भर्ना भएका छन्।
काठमाडौँ जिल्ला अदालतले चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियाे। उनी अस्वस्थताको कारण देखाउँदै चिरायु अस्पताल भर्ना भएका हुन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी)ले बिहीबार काठमाडौँको लैनचौरबाट पक्राउ गरेको थियो।