गुरुकुलमा नाटक ‘खरानीको डोरी’ मञ्चन हुने

विराटनगर - आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नाटक मञ्चन हुने भएको छ।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो। लोक लयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिएका छन्।

विराट आदर्श आहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा पनि गुरुकुलमा मञ्चन भएको थियो। पुनः ‘खरानीको डोरी’को माग आएकाले प्रस्तुत गर्न लागिएको उनले बताएका छन्। उनले भने, “त्यतिखेर पनि धेरैले नाटक रुचाएका थिए। अहिले पनि विभिन्न संघसस्था र ब्यक्तिहरूले यही नाटकको प्रस्ताव गरेका छन्। त्यसैले यही नाटक लिएर आएका हौँ।”

नाटकले अन्याय, अत्याचार र सामन्तवादविरुद्ध आवाज उठाएको छ। नाटकको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुन् भने निर्देशन प्रवेश तिम्सिनाले गरेका छन्।

नाटकमा दीपेश पोखरेल, सुवेक्षा विष्ट, तिर्थराज विश्वकर्मा, निष्चल कठायत, शान्तीराम राई, दीपेन्द्र राई, विकेश बस्नेत, अच्युत गिरी, रामचन्द्र मेहता, अस्विना दाहाल र विराज पौडेलको अभिनय रहेको छ।

नाटक भदौ २० गतेसम्म मञ्चन हुनेछ। विदाको दिन बाहेक हरेक दिन १०ः ३० र १ः ३० मा नाटक मञ्चन हुनेछ। विदाको दिन भने ५ बजे नाटक मञ्चन हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×