एक थान कटुवा पेस्तोलसहित तीन जना पक्राउ

सिरहा - सिरहा नगरपालिका–२ यादव टोलबाट कटुवा पेस्तोल १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीय बिजय यादव र उनकै छोरा १९ वर्षीय राजा यादव रहेका छन् । घरायसी बादबिवाद भई उनीहरूबीच झै–झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घर तलासी गर्दा उक्त पेस्तोल फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×