निर्मला मृत्यु प्रकरण: पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

गत जेठ २५ गते मकवानपुरको मनहरि गाउँपालिका–९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिइ मोटरसाइकलमा सवार हेटौँडा–८ निवासी निर्मला अधिकारीको मृत्यु भएको थियो ।

निर्मलाको मृतयु भएपछि हालसम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन ।

प्रहरीलाई पटक–पटक अनुरोध गर्दा समेत आफूहरूलाई बेवास्ता गरेको र हालसम्म मृतकको अन्तिम संस्कार गर्न नसकिएको भन्दै आफन्तहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×