नेप्सेमा दुई अंकले बृद्धि, झण्डै १४ अर्बको शेयर किनबेच

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ६१ दशमलव ७१ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने दुई दशमलव १५ अंकले बढेर २४ सय ८८ दशमलव शुन्य नौं अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ८९ अंकले घटेर चार सय ४८ दशमलव ७९ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख ७० हजार पाँच सय ५९ पटकको कारोबारमा तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ४२ अंकले घटेर एक हजार तीन सय ९७ दशमलव ४४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३१ दशमलव ५८ अंकले घटेर चार हजार नौं सय ४५ दशमलव २८ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ३५ अंकले घटेर ११ हजार नौं सय ९४ दशमलव १७ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी र लघुवित्त समुहको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुचक भने २० दशमलव १५ अंकले बढेर २८ सय २४ दशमलव ८३ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ५२ दशमलव ८७ अंकले बढेर तीन हजार ७९ दशमलव शुन्य नौं अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक दशमलव ६२ अंकले बढेर ११ हजार छ सय ५१ दशमलव ३५ अंकमा चढेकोमा उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गणपती लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×