काठमाडौं - विश्वव्यापी प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आज भी सिरिजको नयाँ स्मार्टफोन भी २९ ई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोन मात्र रु ४२,९९९ मा उपलब्ध हुनेछ भने कार्तिक १६ देखि कार्तिक १९ सम्म भी २९ ई फाइभजीको प्रि–बुकिङ्ग खुल्ला गरिएको छ । यो शानदार भी२९ई फाइभजीको प्रि–बुकिङ्ग गरी ग्राहकहरुले रु ३९९९ मुल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् । साथै, कार्तिक २० देखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ । यस स्मार्टफोनको बारेमा कुरा गर्दा भी २९ ई फाइभजी भिभोको यस्तो स्मार्टफोन हो जसले आकर्षक विशेषतामार्फत ग्राहकहरुको अनुभव वृद्धि गर्दछ जसका लागि भिभो सदैव प्रतिबद्ध रहेको छ । यसको अत्याधुनिक विशेषताहरुले गर्दा भिभो भी २९ ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्दछ । भी२९ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ ।
यो स्मार्टफोन टेक्नोलोजिकल पावरहाउस हुनुका साथै एउटा फेसन स्टेटमेन्ट पनि हो । यो दुई उत्कृष्ट कलर भेरियन्ट – रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ । स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजको साथ, हालै लन्च गरिएको भिभो भी २९ ई फाइभजीमा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक विशेषताहरु रहेका छन् ।
क्यामेरा क्षमताहरूले भी २९ ई फाइभजीलाई थप प्रशंसनीय बनाएको छ । यस दूरदर्शी विशेषताले जीवनका दैनिक पलहरूलाई समेटेर जीवन्त बनाउन सक्षम पार्दछ । यसले सुक्ष्म विवरणहरूलाई पनि मुर्त रुप दिने हुँदा स्मार्टफोन फोटोग्राफीलाई उत्कृष्टताको चरम बिन्दुमा पु¥याउँछ । ५० एमपी अटोफोकश ग्रुप सेल्फी सुविधाले ग्रुप फोटोलाई पनि अद्भुत बनाउँछ । यसको एडभान्स अटोफोकस र उच्च–रिजोल्युसन सेन्सरले प्रयोगकर्ताहरूलाई क्रिस्पनेस, स्पष्टता र जीवन्तताद्वारा परिभाषित ग्रुप स्न्यापसटहरू खिच्न अनुमति दिन्छ । यो साथीहरू र परिवारसँगका पलहरूलाई जीवन्त बनाउन वा सामाजिक सञ्जालमा दर्शकहरूलाई संलग्न गर्नका लागि एक आदर्श उपकरण हो । रचनात्मक क्षमता भएका तथा महत्वाकांक्षी सामग्री सिर्जनाकर्ताहरूको लागि, भिभो भी२९ई फाइभजीले भ्लग मुभि क्रियटर सुविधा प्रदान गर्दछ । यसबाट, दैनिक भ्लगहरू र भिडियोहरू खिच्न सजिलो हुनेछ, र यसबाट, जो कोहीले पनि आफ्नो रचनात्मक पाटोलाई प्रस्तुत गर्न सक्छन् ।
२४०० × १०८० रिजोलुसन र १२० हर्ज रिफ्रेस रेटको साथ संचालित, भिभो भी२९ई फाइभजीले भिजुअल अनुभवहरूलाई पुनः परिभाषित गर्ने स्पष्ट, जीवन्त रङहरू तथा फ्लुइड एनिमेसनको साथ आकर्षक तस्वीरहरु र भिडियोहरू प्रदान गर्दछ । यसको डिस्प्लेले अनुपम तथा इमर्सिभ भिजुअल अनुभवको ग्यारेन्टी दिन्छ । यसमा क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर रहेको छ जसले निर्बाध र ल्याग–फ्रि सञ्चालन सुनिश्चित गर्दछ जुन प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने भिभोको समर्पणको प्रमाण पनि हो । यसमा विशाल ४८०० एमएएच ब्याट्री रहेको छ जुन लामो समयसम्म चार्ज टिक्छ साथै यसमा ४४ वाटको फ्ल्यास चार्ज पनि रहेको छ । ८जीवी र्याम + २५६जीवी रोम तथा ८जीवी र्याम + ८ जीवी एक्सटेन्डेड र्यामको साथ यो स्मार्टफोनमा सबै एपहरू, फोटोहरू, भिडियोहरू, र अन्य गतिविधिका लागि पर्याप्त ठाउँ र कार्यसम्पादन सुनिश्चित गर्दछ ।
स्मार्टफोनहरूमा उदाहरण सेट गर्दै, भिभो भी २९ ई फाइभजी यसको अत्याधुनिक सुविधाहरू, शक्तिशाली प्रदर्शन, र परिष्कृत डिजाइनको साथ उत्कृष्ट रहेको छ । स्मार्टफोन टेक्नोलोजीको प्रति दिन विकसित भइरहँदा, भिभोले नविन विशेषताहरु प्रदान गर्दै उत्कृष्ट स्मार्टफोन प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर रूपमा प्रदर्शन गर्दछ । यो अत्याधुनिक स्मार्टफोनले असाधारण कार्यसम्पादनको साथ आकर्षक डिजाइन प्रस्तुत गर्दै, मोबाइल अनुभवलार्ई उचाइमा पु¥याउने मनमोहक सुविधाहरू प्रदान गर्दछ । यो स्मार्टफोन ग्राहकहरुले नजिकैको रिटेल स्टोर र इकमर्स साइटबाट कार्तिक २० ( नोभेम्बर ६) देखि खरिद गर्न सक्नेछन् ।