‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको ‘निर्मोही’ सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको गीत ‘निर्मोही’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनयमा उनलाई पुजन घिमिरे ‘पकु’ले साथ दिएकी छन् ।

हास्य कलाकारको रूपमा छवि बनाएका बल्छीले स्वर दिएकाले गीत धेरैले मन पराएका छन् । उनी संगीतको विद्यार्थीसमेत हुन् । गायनको रुचि पूरा गर्ने उनले बर्सेनि एक-दुई वटा गीत निकाल्ने गरेका छन् ।

बल्छी भन्छन्, ‘बाल्यकालदेखि नै गायनका रुचि थियो । काठमाडौं आएर संगीत पनि सिकेको थिएँ । त्यही रुचि पूरा गर्ने उद्देश्य वर्षमा केही गीत निकाल्ने गरेको छु ।‘

बल्छीको स्वर दिएको यो पाँचौँ गीत हो । यस भिडियोको छायांकन अस्ट्रेलिया र काठमाडौंमा भएको बताइएको छ । गीतमा बल्छी फुटपाथ चिया व्यापारिको भूमिकामा देखिएका छन् । भिडियोमा वसन्तपुर दरबार क्षेत्र र अस्ट्रेलियाको मनोरम दृश्यमा कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियोमा रमेश श्रेष्ठ, राजु कार्की तथा बाल कलाकार आरोन श्रेष्ठ समृद्धि श्रेष्ठको अभिनय रहेको छ । दीपेन्द्र तिमलसिनाले रहेको यस म्युजिक भिडियोको सम्पादक प्रवीण भट्ट हुन्  ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×