गोरखा–२ मा प्रचण्ड जित सुनिश्चित

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जित सुनिश्चित गरेका छन्। करिब ४ हजार मत गणना बाँकी रहँदा प्रचण्डले आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनामा १३ हजार २४१ मतले अगाडि छन्। 

प्रचण्डले २४ हजार ४७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ११ हजार २३७ मत प्राप्त गरेका छन्। सो क्षेत्रमा नेकपा एमालेका अब्दुस सलाम मियाले ६ हजार १८६ मत प्राप्त गरेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×