डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला

सुर्खेत- डुंगा पल्टिँदा बेपत्ता भएका चौकुने गाउँपालिका-५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव फेला परेको छ । उनी मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका थिए ।

तत्कालदेखि खोजी गर्ने क्रममा सोही गाउँपालिका-१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×