डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी, केन्द्रिय विभाग बिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं - सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभाग बिच सहकार्य शुरु भएको छ ।

आज एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्रीमाननिय रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिईएस) का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रिय विभागका विभागिय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार दुबै संस्थाहरुले शैक्षिक र कौशल बीचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन् । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीहरुलाई रोजगारी सुनिश्चित गर्न सकिने बताईन् । “आईटीको नयाँ विषयहरुलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन्। आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं। र त्यो संभव छ भन्ने देखिएको छ ।“ मन्त्री शर्माले भनिन् । 

हाम्रा सरकारी विद्यालय र विश्वविद्यालयहरुबाट आईटी पढेका विद्यार्थीहरुलाई कसरी रोजगारमा लगाउने कसरी बजारमा बिकाउने भन्ने चिन्तालाई समाधान गर्न यसले सहयोग गर्ने मन्त्रीको धारणा छ । “नेपालमा पढाई हुने सबै विषयबाट उत्पादन हुने विद्यार्थीहरु सबैलाई प्राक्टिकल गराउन सक्नुपर्छ। अहिले विदेशमा जाने युवाहरुको ताँति छ त्यसलाई रोक्न पनि आईटी विषय महत्वपूर्ण हुनसक्छ।“ उनले भनिन् । यसैगरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा शिवला भुसालले बजारमा के भईरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए । उनले भने,“मार्केट र शैक्षिक संस्थाबिच सम्बन्ध बिस्तार गर्न सहयोगी हुनेछ । यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाईरहेको बेलामा विद्यार्थीहरुलाईसहयोग गर्नेछ । बढी भन्दा बढी विद्यार्थीहरु सहभागी गर्नसकियोस् ।“

कार्यक्रममा बोल्दै डिईएसका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरुका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए ।
“हाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । यी दुबै एक आपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरुलाई आफ्ना उत्पादनहरुलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ।“ डिईएसका अध्यक्ष अर्यालले भने । यसैगरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभागका डिन डा बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाईला भएको बताए । “अहिले नेपालमा आईटी क्षेत्रमा पनि जनशक्तिको अभाव देखिएको छ। एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो। यसलाई न्यूनिकरण गर्न सबैले मिलेर जानुपर्छ ।“ त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रिय विभागकाविभागियप्रमुख सायमीले भने । 

कार्यक्रममा ग्लोबल डिईएसका प्रमुख समिर थापाले यो सहकार्यको बारेमा प्रस्तुती दिएका थिए। उनले शिक्षा र सिपमा किन भिन्नता छ भन्ने बारेमा जानकारी दिएका थिए। यसका साथै नेपालको आईटीलगायतका शैक्षिक सिलेबस अपडेट नहुनु र ढिलो अपडेट हुँदा विश्वस्तरको सिप र क्षमतामा पहुँच नभएको बताए। उनले यसलाई परिमार्जन गरेर विश्वबजार अनुकुल सिलेबस तयार पार्ने र त्यसलाई नियमित परिमार्जन गर्न सुझाब समेत दिए ।

कार्यक्रममा बालकृष्ण सुवेदी सुनिल पाण्डे लगायतले यस कार्यक्रमको उद्देश्य र यसले दिने अवसरहरुको बारेमा आफ्ना धारणा राखेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×