काठमाडौं - आठ वर्ष अघि किशोरी बलात्कार गरेको आरोपमा एक सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन् । उनलाई स्वयम्भुबाट पक्राउ गरिएको हो । एक किशोरीले आठ वर्ष पहिले एउटा सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको दाबी गर्दै भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् ।
उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि मिडियासम्ममा सौन्दर्य प्रतियोगितामा भएको भनिएको हिंसाको घटनाबारे चर्चा भइरहेको छ ।
बलात्कारको घटनामा उजुरी गर्ने समय (हदम्याद) १ वर्ष मात्रै भएको र ८ वर्ष पूरानो घटना भएकाले कानुनी उपचारका लागि बाधक भएको भन्दै युवाहरुको समुहलेले हदम्याद हटाउन माग गर्दै प्रर्दशन गरिहेका छन् । उनीहरुले शनिबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।