काठमाडौँ - बीसीसीआईले सन् २०२३ देखि इन्डियन प्रिमियर लिग कोभिड-१९ महामारी अघिकै शैलीमा आयोजना गरिने जनाएको छ। पीटीआईले जनाएअनुसार सन् २०२३ देखि आईपीएल होम-एन्ड-अवे फर्म्याटमा आयोजना गरिनेछ।
यसका साथै सन् २०२३ देखि महिलाको पनि आईपीएल आयोजना गरिने बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले बताएका छन्।
कोभिडका कारण सन् २०२० देखि केही खेल स्थलमा मात्र आयोजना हुने गरेको थियो। सन् २०२० मा युएईको दुबई, शारजाह र अबुधावीमा दशर्कविना तथा सन् २०२१ मै पनि भारतकै ४ स्थानमा मात्र आईपीएल आयोजना गरिएको थियो।