पोखरा अल्ट्रालाइटको फागु पूर्णिमा लक्षित योजना, मंगलबारसम्म १५ प्रतिशतसम्म छुट 

काठमाडौं - पोखरास्थित पोखरा अल्ट्रालाइटले फागु पूर्णिमा लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले आउँदो आइतबार अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको हो । 

जसअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको छ । छुट मंगलबार सम्म लागू हुनेछ । अल्ट्रालाइट अन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमश १७ हजार ६ सय, २५ हजार ६ सय, ३८ हजार ४ सय, ५३ हजार एक सय बिस रुपैयाँ निर्धारण हुँदै आएको छ । 

साहसिक पर्यटकीय गतिविधि अन्तर्गत रहेको पोखरा अल्ट्रा लाइटमार्फत यात्रुले पोखरा शहर, माछापुछ्रे, कपुचे ताल, अन्नपुर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सक्छन् । पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी दुई जनाको मात्र सहभागिता हुन्छ । १०० किलोग्राम सम्म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ । 

पोखरामा  सन् १९९७ बाट अल्ट्रा लाइट उडान सेवा सुरू भएको हो । आन्तरिक र बाह्य पर्यटकको विशेष रोजाइमा परेको यो सेवा दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरू भएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×