अनुगमनमा सहयोग नगर्ने व्यवसायीलाई कारबाही गर्दै वाणिज्य विभाग

काठमाडौँ - वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनमा सहयोग नगर्ने व्यवसायीलाई कारबाही गरेको छ। विभागले अनुगमनका क्रममा विभिन्न असयोग गर्ने काठमाडौंका व्यवसायीलाई कारबाही गरेको हो।

विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अनुगमनका क्रममा खरीद बिल नदेखाउने, उपभोक्ता कानून पालना नगर्ने लगायतका व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौं महानगरपालिका– ३४ का एक ग्यास डिपोले खरीद बिल नदेखाएको कसुरमा कारबाही गरिएको छ। त्यस्तै काठमाडौं महानगरपालिका–३२ सुविधानगरको एक डिपोलाई पनि बिल नभएको, अनामनगरमा रहेका दुई डिपोले उपभोक्ता कानून पालना नगरी अनुगमनमा असहयोग गरेको कसुरमा कारबाही गरिएको विभागले जानकारी दिएको छ।

त्यस्तै चन्द्रागिरि नगरपालिका १४ र १५ मा अनुगमनका क्रममा खरीद बिल नदेखाएको साथै ललितपुर महानगरपालिका १२ को डिपोलाई अनुगमनमा असहयोग गरेको लगायतका कसुरमा विभिन्न कारबाही तथा जरीवाना गरिएको विभागको दाबी छ। पछिल्लो समय ग्यास व्यवसायीले ग्यासको कृत्रिम अभाव गराएपछि विभागले ग्यास केन्द्रित अनुगमन बढाएको दाबी गरेको छ। ग्यास लुकाएको पाइएमा २० हजार रुपैयाँसम्म जरीवाना गरिरहेको विभागले जानकारी दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×