कञ्चनपुरको भीमदत्त र पुनर्वासमा कांग्रेस विजयी

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरेका छन्।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।

नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन्। उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए।

त्यसैगरी, उपप्रमुखमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उमेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरेका छन्। १९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ।

पुनर्वासमा कांग्रेस विजयी
कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका उमेदवार नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन्। नगर प्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६०० र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सो नगर प्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उमेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×