काठमाडौँ। बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’बाट चर्चा कमाएकी रुक्सना लिम्बूलाई लोकप्रिय गायक राजेशपायल राईले पढाउने जिम्मा लिएका छन्। राजेशपायल राईले ‘रुक्सना लिम्बू जिताऔँ अभियान’ धरानद्वारा आयोजित एक कार्यक्रममा बताएका हुन्।
कार्यक्रममा उपस्थित अन्य व्यक्ति तथा गायक राईले रुक्सनालाई सांगीतिक यात्रा लगायतका कुरामा पनि सहयोग गर्ने बताएका छन्। रुक्सनाकी आमा रेखा लावती लिम्बूले छोरीको लागि धरानले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरेकी छिन्। उनले कार्यक्रममा गीत पनि गाएकी थिइन्।