सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ

सुनसरी - सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ। बुधबार अस्थायी प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान उप- महानगरपालिका-१४ का २१ वर्षीय रञ्जित तामाङ, १९ वर्षीय नेल्शन याक्खा, २० वर्षीय शाहील भण्डारी र १९ वर्षीय शेखर परियार रहेका छन्। उनीहरूलाई प्रतिबन्धित लागूऔषध स्पास्पेन- २४८ ट्याबलेट र ट्रामाडोल- ३३० ट्याबलेटसहित नियन्त्रणमा लिएको हो।

यस्तै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान-५ का २६ वर्षीय अमन राई र धरान-३ का ३४ वर्षीय मनकुमार श्रेष्ठलाई ट्रामाडोल- ६०३९ ट्याबलेट, स्पास्पेन- ४१४० ट्याबलेट, डाईजेपाम- १५६ एम्पुल र नगद ६५ हजार ९४४ रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ६ जनालाई आवश्‍यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×