संविधान दिवसको अवसरमा कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन

काठमाडौँ - कुवेत टावरमा सोमबार साँझ नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिएको छ। नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव तथा नेपालको संविधान दिवसको अवसर परेर नेपाल र कुवेतको झण्डा सो टावरमा प्रदर्शन गरिएको हो। 

नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विद्युतीय प्रदर्शन गरिएको हो। 

कुवेतको प्रसिद्ध कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा पहिलोपटक प्रदर्शन भएको नेपाली राजदूतावास कुवेतले जनाएको छ। नेपाल र कुवेत बीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास पनि दूतावासको रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×