पोखरा स्कुल बस दुर्घटना अपडेट: आमा र छोराको मृत्यु, अन्य २८ जनाको उपचार हुँदै

काठमाडौं । पोखरामा स्कुल बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । दुर्घटनामा परेर अन्य २८ जना घाइते भएका छन् ।

आज बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित करिब ६० मिटर तल खसेको थियो । घाइते विद्यार्थी र चालकको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×