झापामा वडा भवन बनाउन जग्गादान

काठमाडौँ । झापाको झापा गाउँपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर थापा मगरले करिब रु. ५० लाख मूल्यपर्ने ६ कठ्ठा जग्गा दान गरेका छन्।

वडा कार्यालय भवन बनाउन जग्गा अभाव भइरहेको बेला आफ्नो परिवारका तर्फ वडालाई जग्गा उपलब्ध गराएको दाता मगरले जानकारी दिए। भवन नहुँदा वडा कार्यालय भाडाका घरमा लामोसमयदेखि सञ्चालन हुँदै आएको थियो।

यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण शुरू गरिएको वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×