स्वास्थ्य मन्त्रीले भेटे सौर्य विमान दुर्घटनामा ज्यान गुमाएकाहरुका आफन्त

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् ।

आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन् ।

दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे । “अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, उनले भने, “शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।” उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे।

उनले भने,’ पहिचान हुन सकेको शवहरु भोलिसम्म आफन्तलाई जिम्मा लगाइने भनिएको छ । हाम्रो हवाई क्षेत्र धेरै सुरक्षित हुन सकिरहेको छैन । यो हामीले वर्षेनी यो समस्या झेल्नुपरेको छ । पछिल्लो समयमा हरेक वर्ष झैँ यो दुर्घटना भइरहेको छ । यसको कारण पत्ता लगाउन जरुरी छ । कहाँ सावधानी अपनाउने, कहाँ लापरवाही भयो, यसलाई पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले समस्या पत्ता लगाउनु पर्छ । पर्यटन क्षेत्रमा पनि यसले गम्भीर असर पार्छ । हवाई यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरुमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×