काठमाडौं - बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट ककनी गाउँपालिका–५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३८ वर्षीय विद्या गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७९ असार १९ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ३ दिन कैद र बिगो ८ लाख रूपैयाँ जरीवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।