काठमाडौँ । टेस्ला कम्पनीका सीईओ एलन मस्कले कार उत्पादन गर्न हतार नगर्न आफ्ना कर्मचारीलाई निर्देशन दिएका छन् । यसका साथै उनले कर्मचारीहरुलाई खर्च घटाउनका लागि ध्यानाकर्षण समेत गरेका छन् ।
उनले उपभोक्तालाई दिनुपर्ने उतपादनका लागि कर्मचारीलाई बढी भुक्तानी गर्दा र काम ठेकेदारलाई जिम्मा दिँदा लागत बढेको कारण आफू मातहतका कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । मस्कले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक मेमो सार्वजनिक गर्दै सीएनबीसीले समाचार प्रकाशित गरेको छ । उक्त मेमोका अनुसार टेस्लाले सन् २०२१ को तेस्रो त्रैमासिकमा मात्रै दुई लाख ४१ हजार वटा टेस्ला कार बिक्री गरेको छ ।
विश्वभर चिप अभावका कारण कार निर्माताहरुले आफ्नो उत्पादनमा ढिलाइ गरिरहँदा पनि टेस्लाले बिक्री र नाफा दुवै बढाएको जनाइएको छ ।