झापा - बिर्तामोड नगरपालिका–७ बस्ने सुमित्रा दाहालको घरबाट कोही नभएको अवस्थामा ताला फोडी सुन र चाँदीका विभिन्न गहना तथा नगद १ लाख रूपैयाँ गरी करिब ४ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।