सन्तोष पन्तको ‘हिजोआजका कुरा’ असोजमा आउने

काठमाडौँ। हास्यव्यङ्ग्य कलाकार सन्तोष पन्तको चलचित्र ‘हिजोआजका कुरा’को प्रदर्शन मिती घोषणा गरिएको छ। चलचित्र यहि असोज २८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। वितरण कम्पनी एफडी र बीके फिल्म्सले यो कुराको जानकारी दिएको हो। 

साकार पन्तको निर्देशन रहेको चलचित्रको निर्माण पक्ष र वितरकको बैठकले चलचित्रको नयाँ प्रदर्शन मिति तय गरेको हो। यसअघि चलचित्र २०७७ वैशाख १२ गते प्रदर्शनमा आउने भनिएको थियो। तर, कोरोना महामारीका कारण चलचित्र पछी सरेको हो।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष र साकारसहित रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की आदि कलाकारहरुको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×