स्मृति गौतमको नयाँ गीति एल्बम 'अल्लारे माया २' सार्वजनिक

काठमाडौँ - लोक दोहोरी गायिका स्मृति गौतमको नयाँ गीति एल्बम 'अल्लारे माया २' सार्वजनिक भएको छ।

यसअघि गायिका गौतम र गायक प्रताप दासको स्वरमा 'अल्लारे माया' बोलको गीत सार्वजनिक भएको थियो। सो गीतको सफलतापछि दर्शक र श्रोताको मायालाई कदर गर्दै आफूले 'अल्लारे माया २' ल्याएको गायिका गौतमले बताएकी छिन्। गीतमा गायिका गौतम र किरण गौतमको स्वर रहेको छ।

किरण गौतमको शब्द तथा संगीत रहेको गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

नरेन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा विमल अधिकारी, सञ्जिव ठकुरी, लोमश शर्मा, भुवन चौलागाईं, जोन बम, बद्धिमान लामा, एलिना रायमाझी, आयुष्मा कार्की, सिर्जना किँराती, शशिकला राई, पूजा क्षेत्री, अस्मिता रनपाल फिचर्ड रहेका छन्। यो म्युजिक भिडियोलाई विशाल तामाङले कोरियोग्राफी गरेका हुन्।

मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×