यू–१९ महिला फुटबल साफ च्याम्पियनसिप : नेपालले आज बंगलादेशविरुद्ध खेल्दै

काठमाडौँ। दोस्रो संस्करणको यू–१९ महिला फुटबल साफ च्याम्पियनसिप आज (शनिबार) देखि बंगलादेशमा सुरु हुँदैछ। जस अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा आज बंगलादेशविरुद्ध खेल्दैछ। आजको खेलमा बंगलादेशलाई हराउदै नेपालले सुखद सुरुवात गर्न चाहन्छ।

बंलगादेश जानु अघि नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यस पटक उपाधि ल्याउने लक्ष्य रहेको बताएका थिए। नेपालले आफ्नो लक्ष्यको रुपमा उपाधीका साथै, बंगलादेश र भारतलाई हराउनु रहेको बताएको छ ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले यस प्रतियोगितामा सहभागिता जनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×