नायिका आयशा टाकिया र उनको परिवारमाथि एयरपोर्टमा दुर्व्यवहार

काठमाडौँ - बलिउडकी नायिका आयशा टाकिया र उनका श्रीमान् फरहान आजमी हालै गोवा एयरपोर्टमा दुर्व्यवहारको शिकार भए। यो कुराको जानकारी फरहान आफैंले सोसल मिडियामा पोस्टमार्फत् जानकारी दिए। पोस्टमा उनले एयरपोर्टमा भएका सिक्योरिटी अफिसरले उनीमाथि दुर्व्यवहार गरेको बताए। यद्यपि, यो घटनापछि गोवा एयरपोर्टले फरहान आजमीसँग माफी पनि मागेका छन्।

वास्तवमा, आयशा टाकिया र उनका श्रीमान् हालै आफ्नो छोरासँग गोवाबाट मुम्बई फर्किरहेका थिए। यतिबेला उनीहरुलाई गोवा एयरपोर्टमा रोकिएको थियो। फरहानको नाम पढेपछि त्यहाँका अधिकारीले उनलाई परिवारबाट अलग्याइएको र उनीमाथि दुर्व्यवहार गर्न थालेको फरहानले बताए। उनले दुर्व्यवहार गर्ने सुरक्षाकर्मीका केही फोटो सोसल मिडियामा सेयर गरेर यो पूरा घटनाबारे जानकारी दिए।

गोवा विमानस्थलले फरहान आजमीसँग माफी मागेको छ। विमानस्थलले लेखेको छ, ‘यात्राको क्रममा तपाईं र तपाईंको परिवारले जुन समस्या उठाउनु पर्यो, त्यसका लागि हामी माफी माग्छौँ। हामी यो घटनाको अनुसन्धान गर्नेछौँ।’

फरहान आजमी सपा नेता अबू आजमीका छोरा हुन्। फरहान र आयशा टाकियाले सन् २००९ मार्च १ मा विवाह गरेका थिए। त्यसपछि सन् २०११ मा नायिकाले अभिनयबाट दुरी बनाएकी थिइन्। सन् २०१३ मा आयशाले छोरा मिकेल आजमीलाई जन्म दिएकी थिइन्।

 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×