दूरबस्तिको शिशिर रेखी [गजल]

१.
समाजमा कत्ती धेरै  जडता छ! 
अझै भन्छन्  ढुङ्गोमा देवता छ! 

सुनौ सुनौ लाग्छ  तिनी हरुलाई! 
जो जस्को बोलिमा  आद्रता  छ! 

नारीलाई धर्ती भन्नुको कारण हो! 
माटोको झै नारीमै त ममता   छ! 

हुनुपर्छ ऊ पक्कै  दुख  भोगेको ! 
वाणीमा अनौठो  सालिनता   छ! 

खुशी खोज्न भनेर  हिंडेको छोरो! 
मुग्लानमा कता आमा लापता छ! 

आँधी आउने संङ्केत होला सोचें।
महेफिलमा हिजोआज सुन्यता छ।

२.
न घर सम्मको हो न थर सम्मको हो। 
दुखी राख्ने नाता  असर सम्मको हो। 

यहाँ आफ्नो भन्नू  त्यति रैछ साथी। 
छ जे देखिएको नजर सम्मको हो। 

कठै रैछ  माया   पनि लाग्छ त्यत्ति।
भए रित्त   दुख्ने  रहर  सम्मको हो। 

हिंडौ   साथ  साथी  अझै दूर सम्म। 
कफनको त साथ बगर सम्मको हो।

गजलकार दूरबस्तिको शिशिर रेखीको वास्तविक नाम ऋषि राम पोख्रेल रहेको छ। भरतपुर महानगरपालिका ६ चितवनका गजलकार हाल विदेशीक रोजगारीको शिलशिलामा परदेशमा बसोबास गरिरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×