भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन

काठमाडौँ - भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ। आफ्नो पालामा अलराउन्डर क्रिकेटरको पहिचान बनाएका दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो।

आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएको ईएसपीएनले जनाएको छ।

सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उनलाई सबैभन्दा धेरै सम्झना गरिन्छ। पोर्ट अफ स्पेनमा भएको दोस्रो इनिङमा भारत ७ विकेटले विजयी भएको थियो। सो खेलमा दुरानीले १७ ओभरमा जम्मा २१ रन खर्चिएका थिए।

दुरानी भारतको गुजरातस्थित आफ्नो भाइको घरमा बस्दै आएका थिए। गत जनवरीमा उनको तीघ्राको हड्डीको अपरेसन गरिएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×