फिल्म 'डेसान'को ‘आई लभ यू’ बोलको गीत सार्वजनिक

काठमाडौँ - नम्रता सापकोटा अभिनीत फिल्म ‘डेसान’ को गीत सार्वजनिक भएको छ।

पर्फमिङ आर्ट क्रिएसनको युट्युब च्यानलबाट फिल्ममा समावेश ‘आई लभ यू’ बोलको गीत सार्वजनिक गरिएको हो। प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतमा फिल्मका अभिनेता निशान चौहान र अभिनेत्री पुनम थापा फिचर्ड रहेका छन्।

राजु थापाको शब्द रहेको गीतमा हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ। यो गीतको भिडियोलाई अजय स्याङ्तानले कोरियोग्राफी गरेका छन्।

कमल एक्चै मगर निर्देशित फिल्ममा निशान र पुनमसँगै नम्रता सापकोटा, भोला सापकोटा, कविता आले, शम्भु थापा, क्षितिज सुवेदी, अरुश जंग सरु, मलाइका बस्नेत, प्रमिशा सरु, कमला रानालगायत कलाकारको अभिनय रहेको छ। पुनम र निशानको यो डेब्यू फिल्म हो।

राज थापा काउचाको कथा रहेको फिल्मको पटकथा निर्देशक कमल स्वयंले लेखेका हुन्। पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा बनेको फिल्ममा कृशाला मगर कार्यकारी निर्माता रहेकी छन्। चक्रबहादुर महर्जनले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

यो फिल्म मंसिर २३ गतेबाट प्रदर्शन हुनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×