एमालेमा असन्तुष्टि, राना माओवादीबाट उमेद्वार बन्ने

झापा - झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ। एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गर्ने भएका छन्। 

रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन्। यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो। राना प्रदेश सांसदको दाबेदार थिए। राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन्। 

यसअघि पार्टीका नेता अग्नि खरेलले रानालाई पुनः नगरपालिकाको प्रमुख वा प्रदेश सांसदमध्ये एउटा दिने शर्त गरेर एमालेमै राखेका थिए। अहिलेको टिकट वितरणको समयमा भने खरेल आफैं उक्त क्षेत्र छोडेर १ मा जाने तथा रानालाई टिकट नदिने भएपछि उनले पार्टी छाड्ने भएका हुन्। 

उक्त क्षेत्रमा एमालेका तर्फबाट संघमा देवराज घिमिरेलाई टिकट दिएको छ भने प्रदेशसभा (१) मा एकराज कार्की र प्रदेशसभा (२) मा चिन्तन पाठकलाई उम्मेदवार बनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×