इटालियन सिरी ए : एसी मिलान र इन्टर मिलान रोकिए बराबरीमा

काठमाडौँ - इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान र साविक विजेता इन्टर मिलान बराबरीमा रोकिएको छ। शुक्रबार राति भएको खेलमा इन्टरले जिनोआसँग गोलरहित बराबरी खेल्दा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेल्यो। जिनोआको मैदानमा पाएको मौकामा गोल गर्न नसक्दा इन्टर बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा मिलान पनि बराबरीमा रोकिएको हो। खेलको २९ औं मिनेटमा राफायल लियोले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। तर, खेलको ६६ औं मिनेटमा डेस्टिननी उडोगियोले गोल गर्दै उडीनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

यस बराबरीसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। यस बराबरीसँगै मिलानले २७ खेलमा ५७ अंक जोडेको छ।

इन्टरले २६ खेलमा ५५ अंक जोडेर दोस्रो स्थानमा छ। एसी मिलान २७ खेलबाट ५७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। जिनोआ १७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×