स्करपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

इलाम - स्करपियोले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम नगरपालिका ४ का २३ बर्षिय बिशाल राई रहेका छन्।

मेची राजमार्ग अन्तर्गत इलाम-बिब्ल्याँटे सडक खण्ड अन्तर्गत इलाम नगरपालिका ५ बिब्ल्याँटेमा ताप्लेजुङ्गबाट काठमाडौं जाँदै गरेको प्र ३ बा ०८८५ नम्बरको स्कारपियोले प्र १-०१-०१४ प १०६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।

स्करपियाको ठक्करबाट गम्भिर घाईते भएका राईको इलाम अस्पतालमा सामान्य उपचारपछि सघन उपचारका लागि झापाको बिएण्डसि अस्पताल रेफर गरिएपनि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

घटनापपछि ठक्करदिने गाडिका चालक नुवाकोट कपने गाउँपालिका ७ का २४ बर्षिय छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×