मञ्जु थापाको कृति ‘छोरीले जन्माएका आमाहरु’ सार्वजनिक

काठमाडौँ - लेखक मञ्जु थापाको कृति ‘छोरीले जन्माएका आमाहरू’ प्रज्ञा भवनमा अक्षर क्रिएसनले सार्बजनिक गरेको छ।

छोरीले जन्माएका आमाहरूको कथामा उत्पीडित समुदायको आमा, विद्रोही आमाको, एकल आमाको कथा भएको लेखक तथा अभियन्ता सन्तोष परियारले बताएका छन्। उनले भने, ‘अब आमालाई सहनशीलतासँग मात्र सतही व्याख्या गर्नु हुँदैन। आमा विद्रोही चेतका पनि हुन्छन्।

त्यस्तै, अहिलेको यस्तो समयमा आमाको कथा आउनु आफैँमा सुखद् पक्ष रहेको सन्चारकर्मी तथा वक्ता आरति चटौतले बताएकी छिन्। आमालाई सामाजिक र जैविक आमा भनेर अलगअलग गरिएको बेला यो किताबले आमालाई मान्छेका मात्र रुपमा चित्रण गरेको बताएकी छिन्। यो छोरीले आमाको बारेमा लेखेको कुनै भावनात्मक संवेदना मात्र होइन नारिवादको सत्यतालाई उजागर गरेको छ उनले भनिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×