काठमाडौँ - ब्राजिलका चर्चित खेलाडी नेयमारले गएराति सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि जित्न सफल भएकोमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत मेस्सीलाई बधाई दिएका हुन्।
मेस्सीले ट्रफी चुमेको तस्बिर राख्दै नेयमारले लेखेका छन, ‘बधाई छ ब्रदर मेस्सी।’ अर्जेन्टिनाले गएराति लुसेल स्टेडियममा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै तेस्रोपटक उपाधि जितेको हो।
उपाधि दिलाउने क्रममा पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गरेका थिए।