कपन आगलागीमा परेर मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

काठमाडौँ - बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ। 

मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन्। 
 
कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन्। उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×