गम्भीरलाई भारतीय टोलीको प्रशिक्षक बनाउन बीसीसीआई इच्छुक

काठमाडौँ। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) पूर्वकप्तान गौतम गम्भीरलाई मुख्य प्रशिक्षक बनाउन इच्छुक देखिएको छ। राहुल द्रविडको कार्यकाल सकिने संघारमा पुगेसँगै उनको जिम्मेवारी गम्भीरलाई लिन बीसीसीआईले आग्रह गरेको हो।

द्रविडले बीसीसीआईलाई आफ्नो कार्यकाल थप गर्न नचाहेको जानकारी दिएका दिइसकेका छन्। त्यसैले बीसीसीआईलेगत हप्ता बीसीसीआईले मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको थियो। बीसीसीआईले यो तीनवटै ढाँचाका लागि हुने र यस पदको कार्यकाल जुलाई २०२४ देखि डिसेम्बर २०२७ सम्म हुने बताएको थियो।

मुख्य प्रशिक्षकको आवेदन दिने समय २७ मेसम्म तोकिएको छ। ४२ वर्षीय गम्भीरसँग कुनै पनि अन्तर्राष्ट्रिय या घरेलु टोलीलाई प्रशिक्षण दिने अनुभव छैन। उनी इन्डियन प्रिमियर लिग (आईपीएल)का दुई पटक फ्रेन्चाइजी टोलीका कोचिङ स्टाफको हिस्सा भएका छन्। उनी आईपीएल २०२२ र २०२३ मा लखनउ सुपर जायन्ट्स को मेन्टर थिए र दुवै पटक टोलीले प्लेअफमा स्थान बनाएको थियो। 

यसपटक पनि उनी कोलकाता नाइट राइडर्सका मेन्टर छन्। द्रविडको दुई वर्षको कार्यकाल सन् २०२१ को टी–२० विश्वकपपछि शुरू भएको थियो।

उनको कार्यकाल २०२३ को एक दिवसीय विश्वकपपछि समाप्त हुने थियो। तर, जुनमा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टी–२० विश्वकपसम्म भारतीय टोलीको प्रशिक्षक रहने सहमति भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×