जापान: जीत टोलीको, चर्चा समर्थकको

काठमाडौँ - बुधबार जापानले जर्मनीलाई २-१ गोलले स्तब्ध बनाउँदै विश्वभर चर्चा कमायो। यतिबेला चर्चा सो खेलभन्दा पनि जापानका समर्थकहरूको धेरै भइरहेको छ।

प्रायः खेलपछि फुटबल स्टेडियमहरू खाना, खाली कपलगायत फोहोरले भरिएका हुन्छन्। तर, जापानका समर्थकहरूको भएका स्टेडियममा भने त्यस्तो हुँदैन। आफ्नो टोलीको अभूतपूर्व जीत हासिल गरेको खुसीयालीलाई थाँती राख्दै उनीहरूले खलिफा अन्तर्राष्ट्रिय स्टेडियम सफा गरेका छन्।

४ वर्षअघि रुसमा आयोजित विश्वकपमा बेल्जियमविरुद्ध ३-२ को हार व्यहोरेपछि पनि जापानका समर्थकहरूले स्टेडियम सफा गरेका थिए। आफ्नो टोली संलग्न नभएको आइतबारको कतार र इक्वेडरविरुद्धको खेलपछि पनि जापानका समर्थकहरूले स्टेडियम सफा गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×