चोटका कारण लुकास हर्नान्डेजले विश्वकप गुमाउने

काठमाडौँ - फ्रेन्च डिफेन्डर लुकास हर्नान्डेजले कतारमा जारी फिफा विश्वकपका बाँकी खेल गुमाउने भएका छन। दाहिने घुँडामा लागेको चोटका कारण २६ वर्षीय लेफ्ट ब्याकले विश्वकप गुमाउने पक्का भएको फ्रेन्च फुटबल संघले जनाएको छ।

समूह ‘डी’ अन्तर्गत गए राति सम्पन्न अस्ट्रेलियाविरुद्ध ४-१ को सहज जित निकालेको खेलामा घाइते भएका उनी १३ औं मिनेटमै मैदानबाट बाहिरिएका थिए। उनलाई भाइ थियो हर्नान्डेजले प्रतिस्थापन गरेका थिए।

चोटका कारण विश्वकप गुमाउने उनी फ्रान्च टोलीमा रहेर पनि विश्कव गुमाउँने चौथो खेलाडी हुन्। यसअघि चोटका कारण टोलीमा रहेका फरवार्ड करिम बेन्जेमा,क्रिस्टोफर एनकुकु र डिफेन्डर प्रेसनल किम्बेम्पे बाहिरिएका थिए।

त्यस्तै चोटकै कारण पाउल पोग्बा र एनगोलो कान्टेले भने टोलीमा पनि स्थान बनाउन सकेका थिएनन्। हर्नान्जेडको यो चोटले विश्वप उपाधि रक्षा अभियानमा रहेका फ्रान्सलाई धक्का लागेको छ।  फ्रान्सले आफ्नो दोस्रो खेलमा शनिबार डेनमार्कको सामना गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×