धनगढीमा साहित्य महोत्सव सुरू

कैलाली - धनगढीमा आजदेखि साहित्य महोत्सव सुरू भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भएको महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुनेछ। नेपाली साहित्य महोत्सव, २०७८ को आज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्। 

त्यस अवसरमा उनले सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म जोड्न महोत्सव फलदायी बन्ने विश्वास व्यक्त गरे। उनले सुदूरपश्चिम भाषा, कला, संस्कृति र साहित्यको उद्गम थलोका रूपमा रहेको उल्लेख गर्दै साहित्यका माध्ययमबाट यस क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन आवश्यक रहेको बताए।

नेपाली भाषा संस्कृतिको उजागर गर्नका लागि यस्ता महोत्सव आयोजना गर्नु जरुरी रहेको उनको भनाइ थियो। महोत्सवमा विभिन्न ठाउँबाट २०० भन्दा बढी साहित्यकारको उपस्थिति रहेको छ। साहित्यकारको उपस्थितिमा थुप्रै काव्य गोष्ठी पनि सञ्चालन हुने आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए। गजल साँझ, साङ्गीतिक साँझलगायतका कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ। यसअघि विसं २०७६ मा धनगढीमै विश्व नेपाली साहित्य महोत्सव आयोजना भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×