बागलुङ - बागलुङ सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्याएको छ। छिमेकी तमान गाउँमा रहेको बिटिएस टावरबाट अप्टिकल फाइबारमार्फत नेटवर्क पु¥याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ।
यसअघि टाढाको टावरमा भर पर्दा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित थिए। इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन। अप्टिलकल फाइबर विस्तारसँगै स्थानीयवासीले सहज रुपमा थ्रिजी इन्टरनेट र भ्वाइस सेवा पाएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए।
भौगोलिक कठिनाइका कारण रेडियो लिङ्कमार्फत सेवा पु¥याउन सम्भव नभएपछि अप्टिकल फाइबारबाट सेवा विस्तार गरिएको उनको भनाइ छ। तमान–४ का अध्यक्ष छप्रसाद श्रीपालीले मोबाइल सेवा पाउनबाट वञ्चित भइरहेका दुर्गमका बासिन्दालाई टावर राखेपछि सहज भएको बताए।